विष्णु माझीको ‘चरी जेलैमा’ बन्यो युट्युब छिटो २ करोड भ्युज पाउने गीत

काठमाडौं, ३० भदौ । गायिका विष्णु माझीको नयाँ तिज गीत ‘चरी जेलैमा’ युट्युवमा सबैभन्दा छिटो २ करोड भ्युज पाउने गीत बनेको छ ।

रिलिज भएको एक महिना नपुग्दै दुई करोड बढी भ्युज पाएको गीतले नयाँ कीर्तिमान कायम गरेको छ ।

सपना म्युजिक उद्योगको युट्युव च्यानलमा गत १८ अगष्टमा सार्वजनिक गरिएको गीतले अहिलेसम्म तयार गर्दा २ करोड ९ लाख ६३ हजारभन्दा धेरै भ्युज पाएको छ । गीतले ३ लाख ३२ हजार लाइक र २१ हजार डिस लाइक पाएको छ ।

यति थोरै समयमा यति धेरै भ्युज पाउने सम्भवत यो गीत पहिलो हो । यसअघि अस्मिता अधिकारीको गीत ‘टाढा भएपनि’ ले ३८ दिनमा २ करोड भ्युजको रेकर्ड बनाउन सफल भएको थियो ।

गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here