४ अर्बको बजेटमा फिल्म बनाउदै ‘अजय देवगन’

काठमाडौं । भारतिय अभिनेता अजय देवगनले ४ अर्बको बजेटमा फिल्म बनायने भएका छन् ।

यो बजेट भारतिय सिने क्षेत्रमा सबैभन्दा सफल सिनेमा ‘बाहुबली’ मा भएको खर्चभन्दा धेरै हो । बाहुबलीमा २ अर्ब ५० करोड खर्च भएको थियो ।

आफ्नो सबैभन्दा महत्वकांक्षी प्रोजेक्टको कथासार उनले केही लेखकहरुलाई सुनाएका छन् । उनीहरु त्यही कथामा आधारित रहेर पटकथा लेख्दैछन् ।

फिल्ममा भिएफएक्सको ठूलो काम हुने बताइएको छ । अजय यो फिल्मलाई लिएर निकै उत्साहित छन् । तर फिल्मको फाइनल स्क्रिप्ट तयार भइसकेपछि उनको ड्रिम प्रोजेक्टको भविष्य थाहा हुनेछ ।

उनी अन्य फिल्महरुको काममा व्यस्त भएका कारण यो फिल्म बन्न समय लाग्ने देखिन्छ । फिल्मको बजेट बढ्न सक्ने पनि भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेको छ ।

अजय देवगन अहिले उनको अर्को फिल्म ‘मेडे’को पोस्ट प्रोडक्समा काम गरिरहेका छन् । त्यस्तै, ‘थ्यांक गड’को सुटिङ पनि गरिरहेका छन् । -पिंक भिल्ला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here