आईसीसी विश्व क्रिकेट लिगः आज नेपाल र ओमान प्रतिस्पर्धा गर्दै

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको चौथो खेलमा नेपालले आइतबार (आज) आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ।

नेपालले बलियो टिम ओमानविरुद्ध जित निकाल्न सहज भने छैन । उसले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपालले अहिलेसम्म ओमान विरुद्ध ३ खेल खेलकोमा तीनवटै खेलमा पराजित भएको छ ।

ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । उसले १२ खेलमा २० अंक जोडेको छ । नेपाल ७ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here