महामन्त्रीको उम्मेदवारी दिनुको प्रष्ट पार्दै विश्वप्रकाशको अवधारणा सार्वजनिक

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले १४ औँ महाधिवेशनमा आफूले महामन्त्रीको उम्मेदवारी दिनुको कारणबारे प्रष्ट पार्दै राजनीतिक अवधारणा सार्वजनिक गरेका छन्।

शर्माले संविधान दिवसको अवसर पारेर झापाको विर्तामोडमा अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।

हिजो राजनीतिक परिवर्तन‚ अब राजनीतिमा परिवर्तन शीर्षकको अवधारणापत्रमा राजनीतिको छवि सकारात्मक बनाउने साझा जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइएको छ ।

यस्तै निश्चित गरिएको राजनीतिक बाटोमा विमतिबीच सहमति खोज्दै जारी गरिएको संविधान निर्माण गर्नेले नै विश्वास नराखे अरुले किन राख्छन् भन्ने प्रश्न गरिएको छ ।

संविधानप्रति विमति राख्न पाउनु लोकतान्त्रिक हक भए पनि संविधानको वैधानिकता कदर साझा कर्तव्य भएको शर्माले उल्लेख गरेका छन् ।

अवधारणा पत्रमा भनिएको छ, ‘राजनैतिक शासन प्रणाली कस्तो हुनु उचित भन्ने द्वन्द्वमा नेपाल देशलाई अन्त्यहीन श्रृङ्खला अब धकेल्नु हुन्न।

लोकतान्त्रिक प्रणालीको बाटोबाट दुनियाँमा अनेक मुलुकले समृद्धि र जनताको खुसी हासिल गरेका छन्। व्यवस्था भित्रको अव्यवस्था अन्त्य गरेर यसप्रति जनताको आशालाई विश्वासमा बदल्नुपर्छ।’

अवधारणापत्रको पूर्णपाठ: