एसईईको रिजल्ट यसै साता सार्वजनिक हुने, यसरी सकिन्छ हेर्न

काठमाडौं, १० असार । राष्ट्रिय परीक्षा बोर्डले विस २०७५ मा लिएको एसईई परिक्षाको नतिजा प्रकाशनको लागि सबै तयारी सकिएको जानकारी दिएको छ ।

बोर्डका अनुसार एसईई २०७५ को नतिजा यसै साताको अन्त्यसम्ममा प्रकाशन गरिने छ ।

बोर्डले मंगलबार गोरखापत्रमा एक सूचना निकालेर एसईई परिक्षाको परिक्षाफल प्रकाशन गर्न स्विकृति पाएका संस्थाहरुको नामावली समेत सार्वजनिक गरेको छ ।

बोर्डले यस वर्ष एसएमएस मार्फत परिक्षाफल प्रकाशित गर्न ६ वटा संस्थालाई स्विकृति दिएको छ ।

त्यस्तै आइभिआर मार्फत नतिजा प्रकाशन गर्न नेपाल टेलिकमलाई मात्रै स्विकृति दिएको छ । नेपाल टेलिकमका सेवाग्राहीले १६६० मा डायल गरेर एसईईको रिजल्ट थाहा पाउन सक्छन् ।

नेपाल टेलिकम र एनसेल दुवै फोनबाट सिम्बोल नम्बर टाइप गरेर १६०० मा एसएमएस गरी एसईईको नतिजा थाहा पाउन सकिने बोर्डले बताएको छ ।

यसैगरी वेवसाइटमार्फत एसईई परिक्षाको नतिजा प्रकाशन गर्न ११ वटा संस्थाले स्विकृति प्राप्त गरेका छन् ।

कुन कुन संस्थाले पाए त एसईईको रिजल्ट प्रकाशन गर्ने स्विकृति ? (हेर्नुहोस् सूची)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here