उचाइ कम भएका मानिसमा मधुमेह र मुटुरोगको जोखिम बढी

काठमाडौं । मानिसमा देखिने रोग र उचाइबीच सम्बन्ध रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

ओहियो र बेलायतको अक्सफर्ड युनिभर्सिटीले गरेको अध्ययनका अनुसार अग्ला महिलाहरूमा क्यान्सरको जोखिम बढी हुन्छ भने कम उचाइका महिलाहरूमा प्रि-म्याच्यर (समयपूर्व) डेलिभरी हुने जोखिम बढी हुन्छ । पाँच फिट नौ इन्च वा सोभन्दा बढी उचाइ भएका महिलाहरूमा क्यान्सरको जोखिम ३३ प्रतिशतसम्म हुन्छ ।

उचाइले शरीरको हर्मोन बढाउन सक्छ जसले ट्युमरको विकासमा मद्दत गर्छ । पाँच फिटभन्दा कम उचाइ भएका महिलामा पेल्भिसको आकार सानो हुने कारण प्रि-म्याच्यर डेलिभरीको हुने जोखिम बढी हुन्छ । त्यस्तै कम उचाइ भएका पुरुष समयअगावै तालु हुने र अग्ला पुरुषहरूमा रगत जम्ने जोखिम बढी हुने जर्मनीको वान युनिभर्सिटीले गरेको अध्ययनले देखाएको हो ।

कम उचाइ भएका मानिसमा मधुमेहको जोखिम धेरै हुन्छ । उचाइ धेरै हुने मानिसमा ग्लुकोजको प्रोसेसिङ राम्रो हुने हुँदा यिनीहरूमा मधुमेहको जोखिम ४० प्रतिशतसम्म घट्न सक्छ । कम उचाइ भएका मानिसको लिभरमा फ्याट, ब्लड प्रेसर, सुन्निने समस्या बढ्ने जोखिम धेरै रहन्छ ।

त्यस्तै, फिन्ल्यान्डको युनिभर्सिटी अई हेल्सिङ्कीका अनुसार पाँच फिट नौ इन्चभन्दा कम उचाइका मानिसमा हृदय रोगको जोखिम ५० प्रतिशत धेरै हुन्छ । दैनिक भास्करका अनुसार कम उचाइका मानिसमा कोरोनेरी धमनी सानो हुने कारण छिट्टै ब्लक हुने सम्भावना बढी हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here