मेस्सीको बहिर्गमनपछि कमजोर बनेको बार्सिलोना हारबाट जोगियो

काठमाडौं, ५ असोज । स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । मेस्सीको बहिर्गमनपछि कमजोर बनेको बार्सिलोनाले गएराती सम्पन्न ग्राण्डाविरुद्धको खेलमा १-१ को बराबरी खेलेको हो ।

१-० ले पछि रहेको बार्सिलोनाले खेलको ९०औ मिनेटमा बराबरी गोल गर्दै आफुलाई हारबाट बचाएको थियो । बार्सिलोनाका लागि रोनाल्ड अराउजोले गोल गरेका थिए ।

त्यस्तै ग्राण्डाका लागि भने खेलको दोस्रो मिनेटमा नै डोमिनगोज डुआर्लेले गोल गरेका थिए ।

अघिल्लो साता च्याम्पियन्स लिगमा बायर्न म्यूनिखसँगको खेलका तुलनामा सुधारिएको प्रदर्शन गरे पनि बार्सिलोनामा कोम्यानको भविश्यबारे प्रश्न सुरु भएका छन् ।

यो बराबरीपछि बार्सिलोनाको ४ खेलमा ८ अंक भएको छ । बार्सिलोना र जित र ३ बराबरी खेल्दै सातौ स्थानमा झरेको छ । त्यस्तै ग्राण्डाको भने ५ खेलमा ३ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here