सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ असोज । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ८८ हजार ७५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य पनि बढ्यो । आज चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रतितोला ११४० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here