आमा बनिन् प्रियंका कार्की

काठमाडौं । नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् । उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरणसमेत गरेकी छन् ।

गर्भवती भएपछि प्रियंकाले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा बेबी बम्प, बेबी सावरलगायतका तस्बिर सार्वजनिक गरेकी थिइन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं‍. २०७६ साल फागुण १६ गते विवाह गरेका थिए । सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा र आलोचना समेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here