लिग वान: पीएसजीको लगातार सातौं जित

काठमाडौं, ७ असोज । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा जित निकालेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मेट्जलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितमा दुवै खेल अचरफ हाकिमीले गरेका थिए ।

हाकिमीले खेलको पाँचौँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । मेट्जका बाउबकर कौयतले ३९औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

जितसँगै पीएसजीले लिग वानमा सात खेलबाट २१ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । मेट्ज ३ अंकसहित तालिकाको पुछारमा छ ।

पीएसजीका लियोनल मेस्सी यो खेलमा टिममा थिएनन् । घुँडाको चोटका कारण उनी टिममा नपरेका हुन् । यो जितपछि पिएसजी ७ खेलमा जित हासिल गर्दै २१ अंकसहित लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै मेट्जले भने ७ खेलमा ३ बराबरी र ४ हार बेहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here