मेस्सीलाई पछि पार्दै रोनाल्डो बने धेरै तलब भएका फुटबलर, कति कमाउछन् ?

काठमाडौं । इटालियन क्लब युभेन्टसबाट भर्खरै इङ्लिस क्लब पुगेर म्यानचेष्टर युनाइटेडबाट व्यवसायीक फुटबल खेल्ने पोर्चुगलका स्टार खेलाडी क्रिष्ट्रियानो रोनाल्डो सन् २०२१ मा सबैभन्दा धेरै तलब भएका खेलाडी बनेका छन् ।

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार रोनाल्डो फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यवसायीक फुटबल खेल्ने अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीलाई पछि पार्दै सबैभन्दा धेरै तलब खाने फुटबलर बनेका हुन् ।

सबैभन्दा धेरै तलब खाने शिर्ष १० खेलाडीको उक्त सूचीमा सबैभन्दा धेरै पीएसजीका ३ खेलाडी छन् । जसमा मेस्सी, नेयमार र एम्बाप्पे रहेका छन् ।

म्यानचेष्टर यूनाईटेड र रियल मड्रिडको २/२ खेलाडी छन् । जसमा म्यानचेष्टर यूनाईटेडबाट रोनाल्डो र पोग्बा साथै रियल मड्रिडबाट बेल र हाजार्ड छन् ।

त्यस्तै, लिभरपुलका मोहम्मद सलाह, बार्यनका रोवर्ड लोबन्डोस्की, भिजल कोबका आन्ड्रेज एनिइष्टा रहेका छन् ।

धेरै तलब भएका खेलाडीको शिर्ष १० मा स्पेनिस क्लब बार्सिलोनाका एउटापनि खेलाडी परेका छैनन् ।

यस्तो छ कमाइ

1. Cristiano Ronaldo (Manchester United) – $125M

2. Lionel Messi (PSG) – $110M

3. Neymar (PSG) – $95M

4. Kylian Mbappé (PSG) – $43M

5. Mohamed Salah (Liverpool) – $41M

6. Robert Lewandowski (Bayern Munich) – $35M

7. Andres Iniesta (Vissel Kobe) – $35M

8. Paul Pogba (Manchester United) – $34M

9. Gareth Bale (Real Madrid) – $32M

10. Eden Hazard (Real Madrid) – $29M

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here