बार्सिलोना बराबरीमा रोकियो, पछिल्ला तीन खेलमा जितविहीन

काठमाडौं, ८ असोज । स्पेनी ला लिगामा बार्सिलोनाले काडिजसँग गोलरहित बराबरी खेलेको छ । काडिजको घरेलु मैदानमा विहीबार राती भएको खेलमा बार्सिलोनाले बराबरी खेलेको हो ।

पछिल्ला तीन खेलमा बार्सिलोना जितविहीन रहेको छ । काडिजको घरेलु मैदानमा भएको खेलमा फ्रेन्की डी जोंगले खेलको ६५औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । डी जोंगले दुई पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए ।

यस सिजनमा बार्सिलोनाको यो तेस्रो बराबरी हो ।

बार्सिलोनाले आफ्ना पछिल्ला तीन खेलमा जित हासिल गर्न सकेको छैन । यसअघि च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना बायर्न म्युनिखसँग ३-० ले पराजित भएको थियो भने ला लिगाको खेलमा ग्राण्डासँग १- १ को बराबरी खेलको थियो ।

अहिलेसम्म बार्सिलोनाले ५ खेलमा २ जित र ३ बराबरीसहित ९ अंक हासिल गर्दै लिगको सातौ स्थानमा रहेको छ ।

त्यस्तै काडिजको भने ६ खेलमा ६ अंक रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here