विश्वकै छैटौँ उत्कृष्ट स्मार्टफोन ब्राण्ड बन्यो रियलमी

काठमाडौं । रियलमी विश्वबजारको उत्कृष्ट ६ स्मार्टफोन बिक्रेताभित्र परेको छ । काउन्टर प्वाइन्टको एक अनुसन्धान अनुसार चिनियाँ ब्राण्ड रियलमी विश्ववजारको उत्कृष्ट ६ स्मार्टफोन बिक्रेताभित्र परेको हो ।

रियलमीले २०२१ को दोस्रो त्रैमासिकमा एक सय ५० करोड उत्पादन बजारमा उपलब्ध गराएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३५ दशमलव एक प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले जनाएअनुसार यो उल्लेखनीय उपलब्धि मात्र तीन वर्षमा हासिल गरेको हो । सन् २०२१ को दोस्रो त्रैमासिकमा फिलिपिन्स र बङ्गलादेशमा पहिलो श्रेणीमा र १८ देशमा पाँचौँ स्थानमा रहेको छ ।

सन् २०१८ रियलमी विश्वबजारको ४७ स्थानमा रहेको जनाएको छ । विश्वबजारको उत्कृष्ट स्मार्टफोन बिक्रेतामा पहिलो स्थानमा सामसङ, दोस्रोमा साओमी, तेस्रोमा एप्पल, चौथौमा ओप्पो र पाँचौँमा भिभो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here