युट्युवले यसरी बढाउदैछ बच्चाहरूमा मोटोपनको समस्या

काठमाडौं । युट्युवले बच्चाहरूमा मोटोपनाको समस्या बढएको एक अध्ययनले देखाएको छ । अमेरिकन पेडियाट्रिक जर्नलमा प्रकाशित रिपोर्टअनुसार युट्युवमा आउने खानेकुराको भिडियो वा विज्ञापनहरू हेरेको कारण बच्चाले खाइरहेका त्यस्ता अस्वस्थ खानाले उनीहरूमा मोटोपनाको समस्या बढाइरहेको छ ।

युट्युव आफैँले पनि बच्चाहरूलाई खानासम्बन्धी भिडियोहरू विज्ञापनको रूपमा देखाइरहेको हुन्छ । यी विज्ञापनहरू देखेर, बच्चाहरूले मिल्कसेक, बर्गर, सफ्ट ड्रिङ्क, फ्रेन्चफ्राइजलगायतका चिजहरू खाइरहेका छन्, जसको कारण उनीहरूमा मोटोपना छिटो बढ्दैछ ।

बच्चाहरूले विज्ञापनहरू देखेपछि खाइरहेका खाना सबै उच्च बोसो, गुलियो र नुनिलो श्रेणीमा पर्छन् । बच्चाहरूले स्क्रीनमा जङ्क फुडयुक्त भिडियो हेरेपछि आमाबुबालाई त्यस्तै खाना र पेयको माग गर्छन् ।

बच्चाहरूमा यो बानी उमेरबढेसँगै बढ्ने पाइएको छ । न्युयोर्क विश्वविद्यालयको जनस्वास्थ्य र पोषणसम्बन्धी सहायक प्राध्यापक मेरी ब्रैगका अनुसार जङ्क फूड उत्पादनहरू बालबालिकाको जीवनमा थपिँदा उनीहरूको स्वास्थ्यमा हुने जोखिम पनि लगातार बढ्दै गएको छ ।

बच्चाहरूले दैनिक खाइरहेको क्यालोरी उनीहरूले बर्न गर्न सक्षम छैनन् । अध्ययनले जङ्क फूड मार्केटिङ र बालबालिकामा हुने मोटापनाबीच ठुलो सम्बन्ध रहेको देखाएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here