काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको पहिलो डोज खोप, यी हुन् केन्द्र

काठमाडौं, १० असोज । काठमाडौं जिल्लामा असोज ११ गते अर्थात सोमबारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार यही ११ गतेदेखि १३ गतेसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन लागेको हो ।

खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौैंले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here