‘भिटामिन डी’ को कमीले पनि बढाउछ मोटोपन

काठमाडौं । शरीरमा भिटामिन डीको अभावले मोटोपना निम्त्याउन सक्ने अध्ययनले देखाएको छ ।

जर्नल वैज्ञानिक रिपोर्टमा प्रकाशित अध्ययन अनुसार भिटामिन डीको कमीले फ्याटको सङ्कलन र वृद्धिबीचको मेटाबोलिक सन्तुलनलाई बिगार्न सक्छ ।

अध्ययनले भिटामिन डीको स्तर र मेटाबोलिक सन्तुलनबीचको सम्बन्धलाई देखाएको छ । भिटामिन डीले फ्याटलाई भण्डारण गर्नुको साटो यसलाई ऊर्जामा विस्तार गर्ने क्षमतामा महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको हो ।

शरीरमा भिटामिन डीको अभावले हुने परिणाम हेर्नका लागि माछामा अध्ययन गरिएको थियो । भिटामिन डी डाइट नदिने, भिटामिन डी डाइट दिने र कन्ट्रोल गरी माछालाई तीन समूहमा विभाजन गरिएको थियो । चार महिनापछि माछाको ग्रोथ, लिपिड, हड्डीको डेन्सिटी, भिटामिन डी ट्राइग्लिसराइड र कोलेस्ट्रोलको स्तर जाँच गरिएको थियो ।

भिटामिन डीको अभाव भएको माछामा गरिएको अध्ययनमा बढी फ्याट भण्डार भएको पाइयो । प्रारम्भिक नतिजाहरूपछि माछालाई ६ महिनाका लागि भिटामिन डी भएको आहार दिइयो । त्यसपछि माछाले भण्डार गरेको फ्याट उपयोग गर्न थालेको थियो र आकारमा पनि परिवर्तन आएन ।

अध्ययनका लेखकले भिटामिन डीको अभावले फ्याट सङ्कलन गरी बोसोमा हुने वृद्धिबीचको सामान्य सन्तुलन बिगार्दै मेटाबोलिक स्वास्थ्यलाई असर गर्न सक्ने हुँदा तौल बढ्ने बताएका छन् ।

भिटामिन डीको कमी भएकामा ट्राइग्लिसराइड र कोलेस्ट्रोलको स्तर पनि उच्च हुन्छ । जसले मोटोपना, मुटु रोग, डाइबिटिज, स्ट्रोक जस्ता मेटाबोलिक रोगहरू निम्त्याउन सक्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here