साफ च्याम्पियनसिप: २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर

फाइलफोटो

काठमाडौं, १० असोज । साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आउँदो शुक्रवारदेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् ।

टिममा किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ रहेका छन् ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here