७३ प्रतिशत जनसंख्या बीमाको दायराबाहिर, शाखा विस्तार ११ प्रतिशत बढ्यो

काठमाडौं, ११ असोज । नेपालमा जीवन बीमालेखको संख्या ८७ लाख नाघेको छ । बीमा समितिको तथ्यांक अनुसार आवको भदौ महिनासम्ममा जीवन बीमालेखको संख्या ८७ लाख ९६ हजार ८८ पुगेको हो ।

यो संख्या अघिल्लो वर्षको तुलनामा १०.८४ प्रतिशत बढेको हो । २०७७ को भदौ मसान्तसम्ममा ७९ लाख ३५ हजार ५५३ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।

जीवन बीमा लेखको संख्या बढेको भएपनि कोरोना महामारीको कारण वैदेशिक रोजगार रोकिएकाले वैदेशिक रोजगार बीमालेखको संख्या भने घटेको छ ।

एक वर्षको अन्तरमा जीवन बीमालेखको संख्या १५. ८० प्रतिशतले बढेको छ । भदौमसान्तसम्ममा ८२ लाख ८ हजार ५२५ बीमालेख जारी भएको छ ।

समितिको तथ्यांकअनसार अझै पनि ७३ प्रतिशत नेपाली बीमाको दायराबाहिर छन् ।

शाखा विस्तार १० प्रतिशतले बढ्यो

बीमा कम्पनीहरूको शाखा संख्या ११ प्रतिशतले वृद्धि भएको छ । आवको भदौ मसान्तसम्म बीमा कम्पनीहरूको शाखा कार्यालय संख्या ३ हजार ११५ वटा पुगेका छ ।

७७ भदौमसान्तसम्म बीमा कम्पनीहरूको कार्यालय संख्या २ हजार ७ सय ९२ रहेको थियो । बीमा सेवा विस्तार भएपछि कुल ग्रार्हस्थ्य उत्पादन ९जीडीपी० मा पनि बीमाक्षेत्रको योगदान बढ्दै गएको छ ।

त्यस्तै, भदौ मसान्तसम्मा बीमाक्षेत्रमा काम गर्ने कर्मचारी संख्या ११ हजार १०४ पुगेको छ । अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले वृद्धि हो ।

नेपालमा जीवन बीमा, कृषि, उद्योग कलकारखाना, सवारी साधन र घरजग्गाको बीमा धेरै हुने गरेको समितिको तथ्यांक छ ।

स्थानीय तहमा बीमाको पहुँच धेरै कम भएको समितिले जनाएको छ । धेरै ग्रामीण भेगका स्थानीय निकायमा बीमा कम्पनी खोलिएको छैन । जसका कारण स्थानीय निकायका नागरिक बीमाका विषयमा अनभिज्ञ हुने गरेको पाइन्छ ।

सरकारले स्थानीय तहमा पनि कृषि, पशुपालन, घरजग्गा र अन्य व्यवसायका विषयमा अनिवार्य बीमाको दायरामा ल्याउन प्रयास भइरहेको छ ।

ग्रामीण भेगका नागरिक अहिले पनि बीमाका विषयमा जानकार छैनन् । सरकारले सबै नेपाली नागरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले २०४९ सालमा बीमा समिति स्थापना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here