शेयर विश्लेषकको आक्रोश-‘किन भइरहेछ पुँजी बजारमाथि आक्रमण’ ?

काठमाडौं, ११ असोज । शेयर बजारमा केही दिन देखि निरन्तर पहिरो गइरहेको छ ।

हालसम्मकै उच्च ३२०० अंकसम्म पुगेको नेप्से परिसूचक केही हप्ताको अन्तरालमै २७०० हाराहारी आइपुगेको छ । छोटो समयको यो तीव्र घटाइलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

कतिपय लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाका गरेको कडाइको परिणाम भन्न थालेका छन् ।

राष्ट्र बैंकले कुनै व्यक्तिले एउटा बैंकबाट बढीमा ४ करोड र अन्य संस्थाबाट समेत गरी कुल १२ करोडभन्दा ऋण लिन नपाउने व्यवस्था गरेको थियो । हाल सोही व्यवस्थाका कारण बजार घटेको लगानीकर्ताहरूको विश्लेषण गर्ने गरेका छन् ।

अर्काथरी लगानीकर्ता भने बजार बढ्नु र घट्नु सामान्य भएको बताइरहेका छन् ।

शेयर विश्लेषक अम्बिका पौडेलले पुँजी बजारमा किन चौतर्फी आक्रमण भईरहेको छ भन्दै प्रश्न गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले विद्युत नियमन आयोगले गरेको संस्थागत लगानीकर्ताको बारेमा गरेको व्यवस्था प्रति आपत्ति जनाउदै उनले विद्युत नियमन आयोगले कसको हित गर्ने उदेश्यले यस्तो नियम ल्याएको खोजि हुनु पर्ने बताएका छन् ।

उनले भनेका छन् -कसको सल्लाहमा कसरी बन्दछन् यस्ता नियमहरु त्यो त थाहा भएन। यदि कसैले बुझेरै राखेको (जसरी नी बजार घटाउनै पर्छ भन्ने सिद्धान्त) हो भने आजै देखि पुँजी बजारका संस्थागत लगानीकर्ताहरुले कारोवार बन्द गरेकै राम्रो।

किन हुँदै छ चौतर्फी आक्रमण पूँजी बजारलाई ? कस्को हित गर्ने उदेश्यले आउछन हाेला यस्ता नियम ?
‘सस्थागत लगानीकर्ता बिनाको पूँजी बजार मरुभूमिको धान खेती हो’