निर्जीवन बीमा कम्पनीको बीमा शुल्क एक महिनामा २ अर्ब ९२ करोड, कुन कम्पनीको कति ?

काठमाडौं, ११ असोज । निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनामा २ अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरेका छन् । साउनको तुलनामा भदौ महिनामा बीमा शुल्क आर्जनमा गिरावट आएको हो ।

भदौ महिनामा मात्रै भने २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार साउनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

तथ्यांक अनुसार भदौ महिनामा २० निर्जीवन बीमा कम्पनीमध्ये धेरै शिखर इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क आर्जन गरेको छ ।

शिखरले भदौ महिनामा ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा नेको इन्स्योरेन्स रहेको छ । नेकोले २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम जनरल इन्स्योरेन्सले ६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

ओरियण्टल इन्योरेन्सले १० करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १० करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ११करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ११ करोड रुपैयाँ रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा समितिका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीले २० करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १९ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड रुपैयाँ आर्जन गरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले १२ करोड,प्रुडेन्सियल इन्स्योरेन्सले ९ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ११ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १० करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here