शेयर बजार राताम्मे, नेप्से ७३ अंकले घट्दा धेरै गुमाउनेमा फाइनान्सका लगानीकर्ता

काठमाडौं, ११ असोज । साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा झरेको हो । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.६५ प्रतिशत कम हो ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १२.९४ अंकले घटेर ५०६.३३ अंकमा झरेको छ ।

आज सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै घट्नेमा फाइनान्स समुह रहेको छ । फाइनान्सको सूचक ४.५३ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको ३.८१ प्रतिशत, निर्जीवन बीमाको ३.६२ प्रतिशत घट्यो ।

सोमबार कारोबार रकममा पनि कमी आएको छ । आइतबार साढे ६ अर्बको कारोबार भएकोमा आज २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

घट्दो बजारमा पनि सोमबार दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो भने मैलुङ खोला जलविद्युत कम्पनीको ९.९७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुडवेल फाइनान्सको घट्यो । कम्पनीको शेयर मूल्य ७.८३ प्रतिशत घट्यो । त्यस्तै, यूनाईटेड मार्दी हाइड्रोपावरको ७.७३ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले १५ करोड ४९ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here