थप १२८२ जनामा कोरोना पुष्टी, १२६२ जना संक्रमण मुक्त

काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा देशभर १२८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १२८२ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९२ हजार ३६७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ८४८रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here