तरलता अभावकाबीच कर्जा विस्तारमा बैंकहरु आक्रामक, एक सातामा ३१ अर्ब ऋण लगानी

काठमाडौं, ११ असोज । तरलता अभावका बाबजूद बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् ।

साउन यता बैंकिङ प्रणालीमा तरलता अभाव चुलिए पनि बैंकहरु उल्लेख्य रुपमा कर्जा विस्तार गर्न सफल भएका हुन् ।

असोज पहिलो साता वाणिज्य बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा लगानी बढी गरेका छन् ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरुले पछिल्लो साता (भदौ ३१ गतेदेखि असोज ८ गतेसम्म) निक्षेप संकलन ९ अर्ब रुपैयाँ र कर्जा लगानी ३१ अर्ब रुपैयाँले बढेको छ ।

आक्रमक कर्जा विस्तार गरेका बैंकहरुको निक्षेप संकलन भने सुस्त देखिएको छ । असोज ८ गतेसम्म बैंकहरुले ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौ ३१ गतेसम्म बैंकहरुमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ मात्र निक्षेप थियो ।

बैंकहरुले असोज ८ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ ३१ गतेसम्म बैंकहरुले ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सीसीडी व्यवस्था खारेज गरी सीडी व्यवस्था लागू गरेपछि बैंकिङ प्रणालीमा तरलता अभाव चुलिँदै गएको छ । साथै, पछिल्लो समय बजेट होलिडे हुन गई खर्च हुन नसक्दा तरलता अभाव झनै बढ्दै गएको छ ।

पछिल्लो समय कोरोना संक्रमण कम भएसँगै समग्र अर्थतन्त्र चलायमान हुँदा ऋणको माग ह्वात्तै बढेको बैंकहरुले बताएका छन् । ऋणको माग उच्च भए पनि माग अनुसार ऋण उपलब्ध गराउन कठिन हुँदै गएको उनीहरुको भनाइ छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here