भारी वर्षाको सम्भावना न्यून, पहिरोको जोखिम कायमै

काठमाडौं, १२ असोज । गुलाब नामक शक्तिशाली चक्रवात भारतको उडिसाको जमिनमा अवतरण गरेको छ ।

उडिसाका जमिनमा अवतरण गरेको चक्रबात अहिले न्यूनचापीय क्षेत्रको रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको मौसमविदले बताएका छन् ।

अहिले मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको मौसमविदले बताएका छन्।

त्यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने संभावमा भने न्यून रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि लगातारको झरी परेको छैन भने ठूलो वर्षा पनि भएको छ । तर, लगातार झरी नपरे पनि पहिरोको जोखिम भने कायमै रहेको मौसमविद् बताउँछन्।

देशभर अहिले आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैबिच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १२ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज १३ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज १४ गते (बिहिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आँशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here