कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

फाइलफोटो

काठमाडौं, १२ असोज । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक ७ र ८ गते गते देशभर भिटामिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । दशैंका कारण कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति सारिएको हो।

यस अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाइएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here