सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ असोज । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ३०० रुपैयाँ घटेर प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँ घट्यो । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here