स्वास्थ्य टिप्स : रातिको समयमा के नखाने ?

काठमाडौं । मानिसले जहिले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर मात्र भोजन गर्नुपर्दछ । खानामा उचित मात्रामा गुलियो, नुनिलो, अमिलो, हल्का तितोपिरो स्वादलाई अनिवार्य रुपमा सामिल गर्दा यसले शरीरमा पोषक तत्वको राम्रो पूर्ति गर्दछ ।

खासगरी, रात्रीको भोजन गर्दा केहि खानेकुरा सकभर खानु हुँदैन । बाथ, पित्त र कफका रोगीहरुले रातको समयमा भोजन गर्दा धेरै कुरामा सावधानी अपनाउनु पर्छ ।

राति के खानेकुराहरु खानु हुँदैन

दही

राति कहिल्यै पनि दहीको सेवन गर्नु हुँदैन। राति दहिको सेवनले छातीमा कफ जम्न तथा घ्यारघ्यार हुने गर्दछ । जसले गर्दा श्वासप्रस्वासमा समस्या उत्पन्न गराउँदछ ।

दूध

यदि राति दूध पिउने बानी छ भने, यसलाई थोरै परिवर्तन गर्न आवश्यक पर्छ। रातमा कम फ्याट वा गाईको दूध मात्र सेवन गर्नुहोस् । रातमा दुध सेवन गर्दा जहिल्यै पनि तातो दुध पिउनुहोस, तातो दुधलाई शरीरले सजिलै पचाउन सक्छ ।

मसलेदार खाना

रातमा मात्र नभएर दिनमा पनि खाना बनाउँदा वा खाँदा कम मसला भएको खानेकुराहरू खानु पर्दछ । मसलाले शरीरको ताप बढाउँदछ र भोक पनि धेरै लाग्ने हुन्छ ।

साथै, यसले पेट पोल्नेदेखि अन्य समस्याहरू निम्त्याउन सक्छ । जहिले पनि खानामा दालचिनी, सुप, मेथी र अलैंची प्रयोग गर्नुहोस् । यसले पेटको समस्याहरूलाई टाढा राख्न मद्दत गर्दछ ।

प्रोटिनको मात्रालाई कम गर्ने

बेलुकाको खानामा प्रोटिनयुक्त खाद्य पदार्थहरूको सेवनलाई कम गर्नुहोस् । उच्च प्रोटिन भएका खाना जस्ता जस्तै दाल, हरियो सागसब्जी, माछा, मासु, फलफुल लगायतका खानाहरु कम सेवन गर्नुपर्दछ ।

उच्च प्रोटिन भएका खाना पचान प्रकियामा समस्या निम्त्याउन सक्छ । यदि सेवन नै गर्नुछ भने पनि थोरै मात्रामा गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here