च्याम्पियन्स लिग: पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे पहिलो गोल

काठमाडौं, १३ असोज । च्याम्पियन्स लिग इतिहासमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब सिटीलाई हराएको छ।

गएराती सम्पन्न खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा इड्रीसा गुएये र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।

गुएयेले खेलको आठौ मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको ७४ औं मिनेटमा मेसीले पीएसजीका लागि दोस्रो गोल गरेका थिए । पीएसजीमा मेसीका लागि भने यो पहिलो गोल थियो ।

योसँगै मेसीले पीएसजीमा आफ्नो डेभ्यु गोल गरेका छन् । उनले किलियन एम्बाप्पेको असिस्टमा यो गोल गरेका थिए । मेसीले पीएसजीका लागि चौथो खेल खेल्दै आफ्नो पहिलो गोल गरेका छन् ।

यससँगै सिटीले विदेशी भूमिमा भएका अवे खेलमा जितको शृंखला तोडेको छ। उसले पछिल्ला १० अवे खेलमा हार बेहोरेको थिएन्। उसले २०१७ यता विदेशमा भएको अवे खेल हारेको थिएन्।

पछिल्लो पाँच भेटमा पीएसजीले तीन हार बेहोरेको छ भने दुई खेल बराबरी भएका छन्। उसले यसअघि युभेन्टससँग मात्र सिटीभन्दा धेरै (आठ पटक) जितविहीन यात्रा गरेको छ।

यता गएराति जित निकालेको पीएसजी यसअघि इंग्ल्यान्डका विभिन्न क्लबसँगको पछिल्लो तीन खेलमा घरेलु मैदानमा पराजित भएको छ। पछिल्लो सिजनको नकआउटमा पनि उसले सिटीसँग नै हार बेहोरेको हो।

यो जितसँगै पीएसजी समूह ए को शीर्षस्थानमा छ। उसले दुई खेलबाट ४ अंक जोडेको छ। दोस्रो स्थानको क्लब ब्रुगको पनि समान ४ अंक छ। सिटी ३ अंकका साथ तेस्रो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here