चर्चामा विष्णु माझीको ‘दसै/तिहार’ गीत

काठमाडौं । तीजमा विष्णु माझीको ‘चरी जेलैमा’ बोलको गीतले तहल्कै पिट्यो । यो गीतलाई दर्शकले औधी माया दिए ।

महिलाहरुको पीडा पोखिएको भन्दै कतिले गीतलाई यो वर्षकै उत्कृष्ट तीज गीतको रुपमा व्याख्या गरे ।

यतिखेर फेरि विष्णु चर्चामा छिन् । तीजको गीतको चर्चा सेलाउन नपाउँदै दसैं लक्षित गरेर सार्वजनिक गरेको गीतले उनको चर्चा चुलिएको हो ।

युट्युब च्यानल सपना म्युजिक इन्डस्ट्रिजमा सार्वजनिक भएको गीतलाई ६ दिनमै झण्डै २३ लाख बढीले हेरेका छन् । गीतको बोल हो, ‘दसैं’तिहार आइसक्यो’ ।

८ मिनेट ४० सेकेण्ड लामो गीतको भिडियोमा चाडपर्वमा कमाउन हिँडेका पतिको सम्झना गर्दै प्रतिक्षा गरिरहेकी पत्नीको कथा प्रस्तुत गरिएको छ ।

गीत गायिका माझीकै पति सुन्दरमणि अधिकारीले लेखेका हुन् । गीतमा उनकै संगीत छ ।

यस्तो छ गीतः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here