फलफूल र तरकारी धेरै खाने बच्चा मानसिक रुपमा पनि स्वस्थ

काठमाडौं । पौष्टिक ब्रेकफास्ट र प्रशस्त फलफूल तथा तरकारीको सेवन गर्ने बच्चा शारीरिकका साथै मानसिक रुपमा पनि स्वस्थ हुने अध्ययनले देखाएको छ ।

खानामा पोषक तत्वको कमी हुँदा बच्चाहरुको वृद्धि, विकास र शिक्षामा असर पर्नुका साथै ध्यान केन्द्रित गर्ने क्षमतामा समेत बाधा पुग्ने अध्ययनमा उल्लेख छ ।

अध्ययनका लागि इस्ट एङ्गलिया विश्वविद्यालयका पोषण विशेषज्ञहरूले ५० नर्फोक स्कूलहरूका १० हजारभन्दा बढी विद्यार्थीहरूलाई उनीहरूको आहार र मानसिक स्वास्थ्यको बारेमा प्रश्न गरेका थिए ।

माध्यमिक विद्यालयका २५ प्रतिशत र प्राथमिक विद्यालयका २८ प्रतिशत विद्यार्थीले मात्र सिफारिस गरिएको फलफूल र सागपात खाने गरेका थिए । क्रमशः १० प्रतिशत र नौ प्रतिशतले कुनै पनि नखाएको अध्ययनमा उल्लेख छ ।

यसबाहेक, माध्यमिक विद्यालयका २२ प्रतिशत र प्राथमिकको १० प्रतिशत विद्यार्थीहरूको एक पेय वा ब्रेकफास्टमा केही नखाने गरेको बताए ।

माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि औसत मानसिक स्वास्थ्य स्कोर ७० मा ४६ र प्राथमिक विद्यालयका विद्यार्थीहरूको ६० मा ४० रहेको थियो । एक दिनमा बढी फलफूल र सागपात खाने विद्यार्थीको मानसिक स्वास्थ्य स्कोर अन्यको तुलनामा तीन दशमलव ७३ युनिटभन्दा बढी भएको अध्ययनले देखाएको छ ।

बिएमजे न्युट्रिसन प्रिभेन्सन एन्ड हेल्थ नामक जर्नलमा प्रकाशित निष्कर्षअनुसार फलफूल तथा तराकारी नखाने, ब्रेकफास्टमा पेय मात्र पिउने वा ब्रेकफास्ट नगर्ने विद्यार्थीको मानसिक स्वास्थ्य स्कोर कम हुन्छ ।

प्रमुख शोधकर्ता प्रोफेसर एल्सा वेल्चका अनुसार किशोरावस्थाको मानसिक स्वास्थ्य समस्या अक्सर युवावस्था वा भविष्यमा लामो समयसम्म जारी रहने र यसले जीवनका विभिन्न कुरामा असर गर्ने हुँदा प्रारम्भिक जीवनमा मानसिक स्वास्थ्यलाई मान्यता दिनु महत्त्वपूर्ण हुन्छ । डेली मेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here