च्याम्पियन्स लिग : आज बार्सिलोना, म्यानचेस्टर युनाइटेड, चेल्सी सहित १६ टोली भिड्दै

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा आज आठ खेलहरू हुँदै छन् । समूह चरणका दोस्रो खेलअन्तर्गत आज १६ वटा टिमहरू एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन् ।

आज साविक विजेता चेल्सी र इटालियन क्लब युभेन्टसबीचको भिडन्त हुँदै छ भने म्यानचेस्टर युनाइटेड, बार्सिलोना, बायर्न म्युनिख, लिलेलगायत टिम प्रतिस्पर्धामा छन् ।

आज हुने खेलहरूः

– अटलान्टा भर्सेस योङ्ग ब्वाइज– राति १०ः३० बजे
– जेनित भर्सेस माल्मो– राति १०ः३० बजे
– वुल्फसबर्ग भर्सेस सेभिल्ला– राति १२ः४५ बजे
– बायर्न म्युनिख भर्सेस डायनामो किभ– राति १२ः४५ बजे
– आरबी लेइिपज भर्सेस लिले– राति १२ः४५ बजे
– युभेन्टस भर्सेस चेल्सी– राति १२ः४५ बजे
– बेन्फिका भर्सेस बार्सिलोना– राति १२ः४५ बजे
– म्यानचेस्टर युनाइटेड भर्सेस भिल्लारियल– राति १२ः४५ बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here