बार्सिलोनाको लगातार दोस्रो हार, कीर्तिमानी खेलमा रोनाल्डोको निर्णायक गोल

काठमाडौं, १४ असोज । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना लगातार दोस्रो खेलमा पराजित भएको छ ।

स्पेनिस क्लब बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग ३–० गोलले पराजित भएको छ। उसले च्यापियन्स लिगमा लगातार दोस्रो पटक हार बेहोरेको हो।

बार्सिलोनाका इरिक गर्सियाले खेलको ८७औं मिनेटमा रातो कार्ड पाएपछि बाँकी समय बार्सिलोना १० खेलाडीमा समेटिएको थियो।

सन् १९६१ पछि बेन्फिकाले पहिलोपटक बार्सिलोनालाई हराएको हो। यो जितपछि बेनफिकाको २ खेलमा ४ अंक भएको छ भने बार्सिलोनाले दुवै खेलमा हार बेहोर्दै अंकविहिन रहेको छ ।

त्यस्तै अर्को खेलमा भएको च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

म्यानचेस्टर युनाइटेडले भिलारियललाई २–१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडका लागि खेलको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे ।

यस अघि म्यानचेस्टरका लागि एलेक्स टेलेक्सले खेलको ६० औं मिनेटमा गोल गरेका थिए । खेलको ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो ।

भिल्लारियलसँगको रोनाल्डोको १ सय ७८ औं खेल हो । रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका छन् । रियल मड्रिडका पूर्व गोलकिपर इकरले १ सय ७७ औं च्याम्पियन्स लिग खेलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here