मनसुन औसतभन्दा केही पछिसम्म सक्रिय हुने, बाहिरिने क्रममा भारी वर्षाको सम्भावना

काठमाडौं, १४ असोज । यस वर्ष मनसुन औसतभन्दा केही पछिसम्म सक्रिय हुने भएको छ ।

मौसमविद्हरुको अनुसार यो वर्ष औसत निर्धारण गरिएको समयमा मनसुन बाहिरिने सम्भावना देखिएको छैन् ।

सामान्यतः नेपालमा अक्टोबर २ बाट मनसुन बाहिरिन्छ । अक्टोबर २ बाट मनसुन बाहिरिन्छ भन्ने औसत निर्धारण गरिएको समय हो । तर, यो वर्ष केही समय पछिसम्म मनसुन सक्रिय रहने मौसमविद्हर बताउँछन् ।

कति समय पछिसम्म मनसुन सक्रिय रहने त्यो भने यकिन गर्न नसकिने उनिहरुको भनाइ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको जनाएको छ।

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। जसको प्रभावले देशको आधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई एक/दई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाले देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असोज १४ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली बागमति, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ असोज १५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ असोज १६ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रही प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here