काठमाडौंमा भीडभाड, सभाजुलुस, महोत्सव गर्न रोक (आदेशसहित)

काठमाडौं, १४ असोज । काठमाडौंमा अर्को आदेश जारी नहुँदासम्मका लागि सभा,जुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण कायम रहेको भन्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी आदेश जारी गरेको हो ।

नजिकिदै गरेको चाडपर्वको लक्षित गर्दै काठमाडौंमा भिड बढेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बढी भीडभाड एवं जोखिमयुक्त यात्रा नगर्न समेत आग्रह समेत गरेका छन् ।

रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here