शेयर बजार राताम्मे, नेप्से परिसूचक र कारोबार रकममा भारी गिरावट

काठमाडौं, १४ असोज । साताको अन्तिम कारोबार दिन आज शेयर बजार पुनः दोहोरो अंकले घटेको छ । बुधबार ५० अंकले बढेको बजार आज ३२.५१ अंकले घटेर २६३३.४२ अंकमा झरेको हो ।

विहीबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ६.४१ अंकले घटेर ४९७.०५ अंकमा झरेको हो ।

आज ट्रेडिङ, अन्य र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक ३.९२ प्रतिशत बढेको छ । त्यस्तै, अज्य समुहको ०.२७ र सामुहिक लगानी कोषको ०.१९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै विकास बैंकको ३.१८ प्रतिशत घट्यो । त्यस्तै, फाइनान्सको २.९८ प्रतिशत, जलविद्युतको २.८४ प्रतिशत घट्यो ।

विहीबार कारोबार रकममा पनि निकै कमी आएको छ । बुधबार ४ अर्बको कारोबार भएकोमा आज २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत र नेपाल फाइनान्स रहेका छन् । तीनवटै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गुडवेल फाइनान्सका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ६.८६ प्रतिशत घट्यो । त्यस्तै, प्रिमियम इन्स्योरेन्सको ६.२९ प्रतिशत घट्यो ।

विहीबार सबैभन्दा धेरै कारोबार नेपाल बैंकले गर्यो । बैंकले १२ करोड रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here