साफ च्याम्पियनसिप : नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

फाइलफोटो

काठमाडौं, १५ असोज । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

माल्दिभ्सको राजधानी मालेमा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्दैछ । यो खेल राति पौने १० बजे शुरु हुने छ ।

यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।

पाकिस्तान फिफाको प्रतिबन्धका कारण सहभागि हुने छैन भने भुटानले कोरोनाको कारण देखाउँदै टीम नपठाउने जनाएको छ।

लिगका आधारमा हुने खेलमा पाँचै टोलीले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि ३० असोजमा प्रतिस्पर्धा गर्ने छन्।

अहिलेसम्म फाइनल यात्रा तय गर्न नसकेको नेपाली टिमको प्रशिक्षक भएर आएदेखि नै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ जिताउने आफ्नो लक्ष्य रहेको बताउँदै आएका छन् । नेपालले दोस्रो खेलमा श्रीलंकासँग १८ गते खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here