साफ च्याम्पियनसिप: नेपालको विजयी शुरुवात, मनिषको गोलमा माल्दिभ्स पराजित

काठमाडौं, १६ असोज । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत गएराति भएको खेलमा नेपालले विजय सुरुवात गरेको छ ।

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन खेलको ८६औ मिनेटमा मनिष डाँगीले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा माल्दिभ्सले नेपालमाथि दबाब बनाएपनि नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल्दै गोल गर्न सफल भएको थियो ।

माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । जितसँगै नेपालले तीन अंक जोडेको छ ।

साफ च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध सोमबार ९:४५ बजे नै हुनेछ ।

त्यस्तै तेस्रो खेल अक्टोबर १० को राति ९:४५ बजे भारतको सामना गर्ने छ भने लिगको अन्तिम खेलमा अक्टोबर १३ मा अपराहन्न ४:४५ बजे बंगलादेशको सामना गर्नेछ ।

नेपालले हालसम्म साफ च्याम्पियनसिपमा फाइनल खेल्न सकेको छैन । नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here