न्यून चापीय प्रणालीको प्रभाव नेपालमा, यी प्रदेशमा धेरै भारी वर्षा हुने

काठमाडौं, १७ असोज । भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापिय क्षेत्रको प्रभावले नेपालको अधिकांस स्थानको मौसम बद्ली भएको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ । प्रदेश १, २ र बागमतीका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। सोमबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ, जसमा प्रदेश १ का एकरदुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

मौसमविद्का अनुसार यो हप्ताभरि नै मनसुन रहने सम्भावना छ । परिमार्जन गरिएको नयाँ तालिका अनुसार मनसुन अक्टोबर २ तारिख अर्थात हिजो नै बाहिरिनु पर्ने थियो ।

तर मनसुन भित्रिने र बाहिरिने समय तोकिएको मिति भन्दा एक/दुई दिन छिटो र एक/दुई दिन ढिलो हुने गर्छ । यसपालि गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असोज १७ गते (आइतबार)

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।

२०७८ असोज १८ गते (सोमबार)

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।

राती: देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ असोज १९ गते (मंगलबार)

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here