चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा, म्यानचेस्टर युनाइटेड बराबरीमै रोकियो

काठमाडौं, १७ असोज । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा चेल्सी विजयी भएको छ ।

उसले १० खेलाडीमा सीमित साउथह्यामटनमाथि ३-१ को जित हात पारेको हो । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन ट्रेभो चालोभ, टिमो वार्नर र बेन चिलवालले १-१ गोल गर्दा साउथह्यामटनका लागि जेम्स वार्डले १ गोल फर्काए ।

इंग्लिस प्रिमियर लिग फुटबलमा पोर्चुगिच चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो गोल गर्न असफल भएपछि म्यानचेस्टर युनाइटेड बराबरीमै रोकिएको छ । युनाइटेड घरेलु मैदानमै एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

युनाइटेडका लागि ४३ औं मिनेटमा मार्सियलले गोल गरेका थिए । ६५ औं मिनेटमा टाउनसेन्डले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्इाए । रोनाल्डो ५७ औं मिनेटमा मैदानमा छिरे पनि कुनै चमत्कार गर्न सकेनन् । उनी १२ वर्षपछि यसै सिजन युनाइटेड आएका हुन् ।

जितसँगै चेल्सी ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुलको १४ अंक छ । तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७ खेलबाट १४ अंक छ ।

चौथो एभर्टनको ७ खेलबाट १४ तथा पाँचौं ब्राइटनको पनि ७ खेलबाट १४ अंक छ । छैटौं म्यानचेस्टर सिटीको ६ खेलबाट १३ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here