सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ असोज । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आइतबार २०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढ्यो । शुक्रबार प्रतितोला ११४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार प्रतितोला २० रुपैयाँ बढेर प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here