‘हट लेमन’ पिउँदा साँच्चै तौल घट्छ ?

काठमाडौं । तातो पानीमा केही थोपा कागती हालेर ‘हट लेमन’ भन्दै पिउनुलाई शरिरको तौल घटाउने अचुक उपायका रूपमा लिने ट्रेन्ड बढ्दै छ ।

हामीलाई दैनिक जीवनमा भेट हुने धेरैले हट लेमन तौल घटाउने उत्तम उपाय भन्दै सुझाइरहेका हुन्छन् ।

साँच्चै यसले तौल घटाउँछ ?

अमेरिकी स्वास्थ्य सम्बन्धी अनलाइन-हेल्थलाइनका अनुसार तौल घटाउनका लागि हट लेमन पिउनु र सामान्य पानी पिउनुमा केही फरक छैन ।

तर, यसलाई हाइक क्यालोरी ड्रिङ्क्सको स्थानमा भने प्रयोग गर्न सकिन्छ । यसले केही हदसम्म तौल घटाउनमा मद्दत गर्न सक्छ ।

हट लेमन पिउनुको फाइदा तौल घटाउनु नभएर हाइड्रेट रहनका लागि र छालाको सुरक्षाका लागि पनि प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् ।

कागतीमा हुने भिटामिन ‘सी’ले छालामा आउने रिङ्कल तथा सुख्खापन कम गराउँछ र घामबाट छालामा हुने क्षति पनि कम गर्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here