थप ६७९ जनामा कोरोना पुष्टी, १४०५ जना संक्रमण मुक्त

काठमाडौं, १७ असोज । पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर परीक्षण गर्दा ५४७ जना र ३८५० एन्टिजेन परीक्षण गर्दा १०५ गरी ६७९ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९७ हजार १९२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here