मनसुन बाहिरिन अझै एक साता लाग्ने, केही दिन वर्षाको सम्भावना

काठमाडौं, १८ असोज । मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिने जनाएको छ । त्यसका लागि कम्तीमा आगामी आइतबाररसोमबार लाग्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

सामान्यतयाः अक्टोबर-२ मा मनसुन बाहिरिने गरेकोमा यसपटक त्यस्तो भएको छैन । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।

न्युन चापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

२०७८ असोज १८ गते (सोमबार)

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ असोज १९ गते (मंगलबार)

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आन्शिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ असोज २० गते (बुधबार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here