साफ च्याम्पियनसिप : नेपालले आज श्रीलङ्कासंग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १८ असोज । माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज (सोमबार) श्रीलङ्काको सामना गर्दै छ ।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेलमा नेपाल दोस्रो जितको लक्ष्यमा छ । यसअघि शुक्रबार राति नेपालले घरेलु टिम माल्दिभ्समाथि १–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । नेपालको जितमा मनिष डाँगीले निर्णायक गोल गरेका थिए ।

अब, दोस्रो खेल खेल्दा नेपाल थप तीन अङ्क बटुल्ने लक्ष्यमा छ । नेपाल तीन अङ्कसहित अङ्कतालिकाको दोस्रो स्थानमा छ ।

अङ्कविहीन श्रीलङ्का भने पाँचौँ स्थानमा छ । उसले पहिलो खेलमा बङ्गलादेशसँग हार बेहोरेको थियो ।

साफअन्तर्गत नै सोमबार हुने पहिलो खेलमा भारत र बङ्गलादेशले खेल्नेछन् । यो खेल दिउँसो ४ः४५ बजेबाट सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here