सावधान ! लुकेका विज्ञापनले सिध्याउला स्मार्टफोनको ब्याट्री

काठमाडौं । तपाईंले चलाउने मोबाइल फोनको ब्याट्री सक्ने मुख्य कारण एण्ड्रोइड अपरेटिङ सिष्टम बनेको छ । तर, यो एण्ड्रोइडका कारणले भने भएको होइन । लुकाएर र प्रयोगकर्तालाई झुक्याएर प्रकाशन गरिने यस्ता विज्ञापनले तपाईंले थाहै नपाई व्याट्री सखाप पारिरहेका हुन्छन् ।

हेर्ने बेलामा वेब पेजमा एउटा सानो डिस्प्ले एड देखिन्छ, तर फटाहा विज्ञापनकर्ताहरुले त्यसको तल अनेक थरी विज्ञापनको चाङ लगाएका हुन्छन् । यदि तपाईंले झुक्किएर त्यो विज्ञापनमा क्लिक गर्नुभयो भने त्यसभित्रका सबै विज्ञापन एकै पटक सक्रिय हुन पुग्छन्, अनि तपाईंले थाहा नपाइकन मोबाइलको ब्याट्रीमा दबाब सिर्जना हुन्छ ।

यसले मोबाइलका प्रयोगकर्तालाई मात्र होइन, संसारकै ठूलो आइटी कम्पनी गूगललाई पनि उत्तिकै पिरोलेको छ । हुन त गूगलले विज्ञापनबाट मात्रै वार्षिक १ खर्ब डलरभन्दा बढी आम्दानी गर्छ तर त्यसरी लुकाएर गरिने विज्ञापनका कारण एण्ड्रोइडको इमेजमा खराबी आउने चिन्ता छ ।

फटाहा विज्ञापनवालाहरुले तपाईंको मोबाइलको पर्फमेन्स र आफ्नो अनुभव दुवैमा नकारात्मक असर पारेको पछिल्ला अध्ययनहरुले देखाएका छन् ।

उनीहरुले सस्ता व्यानर विज्ञापन किन्ने र त्यसको तल लुकाएर धेरै विज्ञापन गर्ने गरेका छन् । त्यसो गर्दा एउटा विज्ञापनमा क्लिक गर्दा त्यस तलका सबैमा क्लिक हुने व्यवस्था मिलाइएको हुन्छ ।

त्यसैले आफ्नो मोबाइलको ब्याट्रीको आयु लामो बनाउन चाहनुहुन्छ भने नचाहिंदो विज्ञापनमा क्लिक नगर्ने, नचाहिंदा वेवसाइट र खासगरी मोबाइल एप नखोल्ने वा डाउनलोड नगर्ने जस्ता कुरामा ध्यान पु¥याउनु पर्ने हुन्छ ।

साथै, मोबाइलमा कहिलेकाहीं प्रयोग हुने एपलाई व्याकग्राउण्डमा नचल्ने बनाएर राख्दा पनि फाइदा पुग्छ । आफूले इण्टरनेट नचलाएका बेला वाइफाई वा मोबाइल डेटा अफ गर्नु पनि आफू सुरक्षित हुने उपाय हुन सक्छ । एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here