नेपाल टेलिकमको दशैँ अफरः डाटा र भ्वाइस प्याक झन सस्तो, रिचार्जमा बोनस

काठमाडौं, १८ असोज । नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी उपलब्ध गराउने विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको छ ।

टेलिकमले असोज १९ गतेदेखि लागु हुने गरि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको छ ।

उक्त अफरहरु असोज १९ गतेदेखि कार्तिक २ गतेसम्म उपलब्ध हुने र महत्वपूर्ण पर्वहरु तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार डाटा प्याक अन्तर्गत रु २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।

त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक रु. ६९ मा उपलब्ध हुनेछ । भ्वाइस सेवा अन्तर्गत रु. २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु. ४० मा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु. ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुने छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नु पर्ने टेलिकमले जनाएको छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here