सर्वोच्चले भन्यो-‘मन्त्रिपरिषद्‍मा भाग मागेको समाचार न्यायपालिकामाथि सुनियोजित प्रहार’

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘मन्त्रिपरिषद्मा भाग खोजेको’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको बताइएको छ।

प्रेस विज्ञप्ति जारी दाहालले भनेका छन्, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन एवम् विस्तारको विषयमा प्रधान न्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरिञ्जत एवम् भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद् र खेदजनक विषय हो । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा न्यायपलिकासँग जोडिएको समाचारहरू संवेदनशील हुने र पुष्टि गरेर मात्रै प्रकाशन गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मिथ्यापूर्ण, भ्रामक समाचारहरूको विश्वासमा नपर्न आमनागरिक सबैमा अनुरोध गर्दै न्यायपालिकासँग सम्बन्धित समाचारहरू प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुनेगरी समाचार प्रकाशन गर्नसमेत सञ्चारमाध्यमहरूमा सर्वोच्च अदालत आग्रह गर्दछ ।’

सोमबार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्य विकास भट्टराई लगायतको टोली प्रधानन्यायाधीश राणालाई भेट्न पुगेको थियो।

आइतबार मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश जबराका लागि पनि कोटा छुट्याउन दलका नेताहरूबीच छलफल भएको समाचार सार्वजनिक भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here