दुई महिनामै २५ ऋणीले लिए तीन अर्ब १ करोड पुनर्कर्जा

काठमाडौं, १८ असोज । लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनर्कर्जामा दुई महिनामा तीन अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २५ ऋणीलाई तीन अर्ब एक करोड ६४ लाख रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको हो ।

स्वीकृत पुनर्कर्जामध्ये विशेष पुनर्कर्जाअन्तर्गत चारवटा बैंक तथा वित्तिय संस्थाबाट पाँच ऋणीले ८५ करोड ४७ लाख रुपैयाँ बराबरको कर्जा पाउने भएका छन्।

त्यस्तै साधारण पुनर्कर्जाअन्तर्गत भने ११ वटा बैंक तथा वित्तिय संस्थाका २० ऋणीले दुई अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको साधारण पुनर्कर्जा पाउने छन्।

चालु आर्थिक बर्षको पहिलो महिनामा मात्र एक अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको पुनकर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

पुनर्कर्जा कार्यविधि २०७७ अनुसार विशेष पुनकर्जाको लागि जम्मा ३ प्रतिशत र साधारण पुनकर्जाको व्याजदर जम्मा पाँच प्रतिशत मात्र ब्याज तिरे पुग्‍नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here