वाणिज्य बैंकहरुले गरे एक सातामा ३९ अर्ब ऋण लगानी, ४२ खर्ब नाघ्यो निक्षेप

काठमाडौं, १८ असोज । तरलता अभावका बाबजूद बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् ।

साउन यता बैंकिङ प्रणालीमा तरलता अभाव चुलिए पनि बैंकहरु उल्लेख्य रुपमा कर्जा विस्तार गर्न सफल भएका हुन् ।

असोज दोस्रो साता वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा लगानीमा आक्रमक रुपमा देखिएका छन् ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरुले पछिल्लो साता (असोज ९ गतेदेखि १५ गते) निक्षेप संकलन ३८ अर्ब रुपैयाँ र कर्जा लगानी ३९ अर्ब रुपैयाँले बढेको छ ।

भदौको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप पनि बढेको छ । भदौको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४२ अर्ब रुपैयाँले बढेको छ ।

योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। गत असोज ८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो।

असोज १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। असोज ८ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here