केही घण्टा फेसबुक बन्द हुँदा मार्क जुकरबर्गलाई ७ खर्ब घाटा, अर्बपतीको सूचीबाट ओर्लिए

काठमाडौं, १९ असोज । पाँच घण्टा फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ७ खर्ब गिरावट आएको छ ।

केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।

फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको छ । अब जुकरबर्ग फोर्ब्स म्यागजिनको अर्बपतीको सुचीमा छैटौं स्थानमा झरेका छन ।

फेसबुककी कार्यकारी सेरिल स्यान्ड्बर्गको सम्पत्ति पनि १.९ बिलियन डलरले घटेको छ । यस अघि सन २०१९ मा फेसबुक १४ घन्टा बन्द भएको थियो ।

नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here